Kathmandu Press

दार्चुलामा झाडापखालाका बिरामी बढे, जिल्ला अस्पतालमा दैनिक २० बिरामी आउँछन्

काठमाडौं, असार ३ : गर्मीयामको प्रभावका कारण जिल्ला अस्पताल दार्चुलामा झाडापखालाका बिरामी बढेका छन् । अस्पतालका सूचना अधिकृत डम्मरदत्त भट्टका अनुसार दैनिक १५ देखि...
दार्चुलामा झाडापखालाका बिरामी बढे, जिल्ला अस्पतालमा दैनिक २० बिरामी आउँछन्

काठमाडौं, असार ३ : गर्मीयामको प्रभावका कारण जिल्ला अस्पताल दार्चुलामा झाडापखालाका बिरामी बढेका छन् । अस्पतालका सूचना अधिकृत डम्मरदत्त भट्टका अनुसार दैनिक १५ देखि २० जना झाडापखालाका बिरामी अस्पताल आइरहेका छन् । ‘अस्पताल आउने झाडापखालाका बिरामीमध्ये अधिकांश बालबालिका छन्,’ सूचना अधिकारी भट्टले भने । 

उनका अनुसार, झाडापखालाका सामान्य बिरामीलाई चेकजाँच गरी औषधि दिने गरिएको छ । झाडापखालाका गम्भीर बिरामीलाई भने अस्पतालमै भर्ना गरी उपचार गरिएको छ । ‘अस्ति भर्खर चारजनालाई भर्ना गरेर उपचार गरेका थियौँ,’ भट्टले भने । झाडापखालाका बिरामीको उपचारका अहिलेसम्म कुनै समस्या वा अभाव नभएको उनी बताउँछन् ।    

Hardik ivf

अस्पतालका प्रमुख डा. आदर्श लिम्बु झाडापखालासँगै टाइफाइड र रुघाखोकीका बिरामी समेत बढेको बताउँछन् । ‘जिल्ला अस्पतालमा मुख्यतः सामान्य ज्वरो, झाडापखाला र रुघाखोकीका बिरामी लगायत गरी दिनहुँ डेढदेखि दुई सयको हाराहारीमा आउने गरेका छन्,’ उनले भने । 

गर्मीयाममा खानाहरु छिटो सड्ने वा गल्ने हुन्छ, मुहानका पानी पनि दूषित हुन्छन् । खानपानमा विशेष ध्यान नदिएकाले जिल्लामा झाडापखालाका बिरामी बढेको डा. लिम्बु बताउँछन् । 
 

प्रकाशित मिति: १३:२९ बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्