Kathmandu Press

कालीकोट सदरमुकाममा खानेपानी व्यवस्थापनमा सक्रियता

कालीकोट, असार ३ : कालीकोट सदरमुकाममा खानेपानीको व्यवस्थापन गर्न वडाध्यक्षले सक्रियता देखाएका छन् । सदरमुकाममा रहेको मान्म बजारमा खानेपानीको समस्या समाधान गर्नका लागि खाडाँचक्र...
कालीकोट सदरमुकाममा खानेपानी व्यवस्थापनमा सक्रियता

कालीकोट, असार ३ : कालीकोट सदरमुकाममा खानेपानीको व्यवस्थापन गर्न वडाध्यक्षले सक्रियता देखाएका छन् । सदरमुकाममा रहेको मान्म बजारमा खानेपानीको समस्या समाधान गर्नका लागि खाडाँचक्र नगरपालिका–१ का वडाध्यक्ष धर्मराज टमट्टाले सक्रियता देखाएका हुन्।

नगरपालिकाको मान्म बजारमा सधैँ खानेपानीको अभाव हुँदै आएको छ । पानीको चरम समस्या पर्दा पनि नगरपालिकाले चासो नदेखाएको भन्दै स्थानीय बनेका आक्रोशित थिए । खानेपानीको अभावमा मान्मका नागरिकले टाढाबाट पानीको जोहो गर्नुपर्ने बाध्यतालाई कम गर्न वडाध्यक्ष टमट्टा एक समिति नै बनाएर आफैँ पानीका लागि दिनरात खटिएका छन्। 

Hardik ivf

‘वडाका नागरिकले सबैभन्दा बढी पानीको समस्या झेल्नु परेको छ, पानीको समस्या समाधान नै मेरो प्रमुख एजेन्डा हो,’ उनले भने, ‘पानीको व्यवस्थापन गरिसकेपछि मान्मको फोहर व्यवस्थापनमा लाग्छु।’

खानेपानी समितिले पानीको व्यवस्थापनमा चासो नदेखाएपछि मान्ममा खानेपानीको अभाव हुँदै आएको छ। खानेपानीको अभावले बजार क्षेत्रमा होटल व्यवसाय गरेर बसेका नागरिक प्रत्यक्ष मारमा परेका छन्। पानी वितरणमा एकरुपता नभएपछि खानेपानीको अभाव भएको खाडाचक्रमा बसोबास गर्ने नागरिकले बताउने गरेका छन्।

खानेपानीमा पनि पहुँचवालाको हालीमुहाली रहेको र सर्वसाधारणका धारमा पानी आउँदैन तर पहुँचवालाहरुको धारमा २४ सैं घण्टा पानी आइरहेको हुन्छ भन्ने गुनासो व्यापक रुपमा आएपछि सिधै जोडिएका सबै पानीका लाइन काटिएको वडाध्यक्ष टमट्टाले बताए। ‘अहिले हामीले विभिन्न सरकारी कार्यालयमा पनि नागरिकले पाउने गरी लाइन विस्तार गरेका छौँ, अन्य लाइन काटिदिएका छौँ,’ उनले भने, ‘२५÷२६ धारा सिधै जोडिएका थिए ती सबै काटेका छौँ, अब सबै नागरिकको धारामा पानी आउँछ।’ 

प्रकाशित मिति: १३:१४ बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्