Kathmandu Press

मलेसियामा एकै दिनमा थपिए २ हजार बढी कोरोना संक्रमित, पाँचको मृत्यु

क्वालालम्पुर, असार ३ :  मलेसियामा गएको २४ घन्टायता मात्र कम्तीमा पनि २ हजार ३३ जनामा कोरोना सङ्क्रमण भएको बताइएको छ।यहाँ बाहिरबाट आएकामा नभएर देशभित्रै...
मलेसियामा एकै दिनमा थपिए २ हजार बढी कोरोना संक्रमित, पाँचको मृत्यु

क्वालालम्पुर, असार ३ :  मलेसियामा गएको २४ घन्टायता मात्र कम्तीमा पनि २ हजार ३३ जनामा कोरोना सङ्क्रमण भएको बताइएको छ।

यहाँ बाहिरबाट आएकामा नभएर देशभित्रै यी सङ्क्रमितहरु भेटिएको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन्।

Hardik ivf

ती अधिकारीका अनुसार यहाँ गएको २४ घन्टामा मात्र कोरोना भाइरसको सङ्क्रमणबाट पाँच जनाको ज्यान गएको छ। यहाँ अहिलेसम्ममा कोरोना भाइरसको सङ्क्रमणबाट मात्र ३५ हजार ७३० जनाको ज्यान गएको बताइएको छ।

मलेसियाका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिले करिब २५ हजार जनाजति सक्रिय संक्रमितहरु रहेका छन्। तीमध्ये केही व्यक्ति आइसियुमा रहेका बताइएको छ।

तर पछिल्ला केही हप्ता यता भने यहाँ कोभिड संक्रमितहरुको संख्या घटेको पाइएको छ।

प्रकाशित मिति: १२:५९ बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्