Kathmandu Press

तेमाल खानेपानी आयोजना : ५५ हजारलाई मङ्सिरभित्र घरमै पुर्‍याइने

काभ्रेपलाञ्चोक, असार ३ : आगामी मङ्सिर महिनाभित्र काभ्रेको तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई स्वच्छ खानेपानी घर–घरमा पु¥याइने भएको छ । गत साल मङ्सिरमै खानेपानी...
तेमाल खानेपानी आयोजना : ५५ हजारलाई मङ्सिरभित्र घरमै पुर्‍याइने

काभ्रेपलाञ्चोक, असार ३ : आगामी मङ्सिर महिनाभित्र काभ्रेको तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई स्वच्छ खानेपानी घर–घरमा पु¥याइने भएको छ । गत साल मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइएपनि कोभिड–१९ र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घर–घरमा खानेपानी उपलब्ध गराउन नसकिएको हो। 

तेमाल बृहत् खानेपानी आयोजनालाई कोरोनाको दुई लहर र गत साउनमा सुनकोसी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पु¥याउँदा उक्त आयोजना करिब एक वर्ष धकेलिएको थियो। उपभोक्ता समितिले अबको छ महिनापछि घर–घरमा खानेपानी पु¥याउने गरी आयोजनाको अन्तिम चरणका काम भइरहको जनाएको छ । ‘आउँदो मङ्सिर महिनाभित्र खानेपानी उपलब्ध गराउने उद्देश्यकासाथ काम भइरहेको छ,’ समितिका अध्यक्ष सङ्ग्रामजित लामाले भने। उनका अनुसार आयोजनाको काम करिब अन्तिम चरणमा पुगेको हो।

आयोजनाको करिब ९८ प्रतिशत काम सकिएको जनाइएको छ। हाल मुहानलाई थप सुरक्षित गरी पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम भइरहेको लामाले बताए।  उनका अनुसार २३ ट्याङ्कीमा पानी परीक्षण भइसकेको छ भने मेनलाइन र शाखा लाइनमा पाइप बिछ्याउने तथा घरघरमा धाराका सामग्री वितरणकार्य भइरहेको छ। साथै प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमासमेत पानी परीक्षण भइसकेको जनाइएको छ। 

Hardik ivf

पाइपको मेनलाइनअन्तर्गत ५० किलोमिटर उपभोक्ताले खाल्डो खनेर बिछ्याउनुपर्ने सम्झौता गरिएको थियो । सोहीअनुसार ३१ किमी पाइन बिछ्याउनेकार्य सकिएको लामाले जानकारी दिए। साथै रोशी गाउँपालिका–७ कटञ्जेस्थित ११० घरपरिवारका लागि एक महिनाभित्रै उक्त आयोजनाको खानेपानी वितरण गरिने तयारी भएको उनले बताए। 

अध्यक्ष लामाका अनुसार उक्त आयोजनाले तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई खानेपानी उपलब्ध हुनेछ । लिफ्टिङ प्रविधिको तेमाल खानेपानीको मुहान सुनकोसी नदीकिनारमा छ । गत वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोसी नदीकिनार चुखाबेँसीका कटान गरेको थियो । त्यससँगै गत साउन १७ र १९ गतेको बाढीले क्षति पु¥याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण लिफ्टिङ ट्याङ्कीको जोखिमलाई हाल सुरक्षित गरिएको हो। 

‘गत वर्षको अनपेक्षित बाढीले खानेपानीको मुहान क्षेत्रमा लाखौँको क्षति पु¥याएको थियो, हामीले मर्मत, पुनःनिर्माण तथा सुरक्षित बनाएका छौँ,’ लामाले भने । उनका अनुसार बाढीले त्यतिबेला आयोजनाको रु ६० लाखभन्दा बढी क्षति पु¥याएको थियो भने करोडाँैका संरचनालाई जोखिम पु¥याएको थियो । तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो। 

तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालिकाको नौवटा वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिकाको ७ नंवडाका बासिन्दाले उक्त खानेपानी उपभोग गर्न पाउने भएका हुन् । आयोजनाको काम सकेसम्म छिटो सक्नेगरी कामलाई तीव्रता दिइएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठले बताए । उनले भने, ‘आउँदो मङ्सिर महिनाभित्र घर–घरमा खानेपानी पु¥याउन हामी खटिरहेका छौँ ।’ 

विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम गतमङ्सिरमा सक्ने लक्ष्य राखिएपनि कारोना महामारीका कारण कामको निरन्तरता नहुँदा तथा बाढीले संरचनामा क्षति पु¥याउँदा केही धकेलिएको थियो । लामाका अनुसार हाल खानेपानी वितरणको पाइपलाइन बिछ्याइने कार्यसमेत अन्तिम चरणमा पुगेको हो । ‘यो वर्ष पनि विपद्ले नरोके आउँदो मङ्सिर महिनाभित्र घरघरमा खानेपानी वितरण गर्नेगरी तीव्रगतिमा काम गरिरहेका छौँ,’ उनले भने। 

विसं २०७२ को भूकम्पलगत्तै खानेपानीका मूल सुक्दै गएपछि तेमालका केही बासिन्दा विस्थापित हुने तरखरमा थिए, तर बृहत् खानेपानी आयोजनाले रोकेको बताइन्छ ।याङ्बेल डाँडामा चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की निर्माण गरिएको छ । 

नेपाल सरकार, खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोसी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन्।  

प्रकाशित मिति: १२:३४ बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्