Kathmandu Press

अब पठाओ, टुटलजस्ता राइड सेयरिङ कम्पनी दर्ता नगरी चलाउन नपाइने

काठमाडाैं, असार ३ : अब पठाओ, टुटलजस्ता राइड सेयरिङ सेवा उपलब्ध गराउने कम्पनीले अनिवार्य रूपमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ।त्यसता कम्पनीहरूले प्रदेश सरकारअन्तर्गतका यातायात...
अब पठाओ, टुटलजस्ता राइड सेयरिङ कम्पनी दर्ता नगरी चलाउन नपाइने

काठमाडाैं, असार ३ : अब पठाओ, टुटलजस्ता राइड सेयरिङ सेवा उपलब्ध गराउने कम्पनीले अनिवार्य रूपमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ।

त्यसता कम्पनीहरूले प्रदेश सरकारअन्तर्गतका यातायात कार्यालयमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको हो।

वाग्मती प्रदेश सरकारले आर्थिक विधेयकमार्फत टुटल, पठाओजस्ता राइड सेयरिङ कम्पनीले आगामी चैत मसान्तभित्र अनुमति लिइसक्नुपर्ने व्यवस्था गरेको हो।

‘वाग्मती प्रदेशभित्र विद्युतीय सूचना प्रणालीबाट सञ्चालन गरिएको राइड सेयरिङ एपमा निजी नम्बरका सवारीसाधन भाडा लिने प्रयोजनमा प्रयोग गरी सेवा दिने संस्थाले तोकिएको दस्तुर सम्बन्धित यातायात कार्यालयमा बुझाई अनुमति लिनुपर्नेछ,’ विधेयकमा भनिएको छ।

विद्युतीय सूचना प्रणाली (एप) मार्फत दुईपांग्रे सवारी मात्रै प्रयोग गरी भाडामा यात्रु बोक्ने कम्पनीले दर्ता शुल्क २५ हजा र चारपांग्रेमार्फत सेवा दिने कम्पनीले ५० हजार र दुवैखाले सवारी उपलब्ध गराउने कम्पनीले ७० हजार तिर्नुपर्नेछ।

वार्षिक नवीकरण शुल्क भने दुईपांग्रेका लागि १२ हजार ५ सय, चारपांग्रेका लागि २५ हजार तथा दुवैखालेका लागि ३५ हजार तोकिएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ अनुसार राइड सेयरिङ सेवा प्रवाह नगरिएको भन्दै बेलाबेलाबेलामा विवाद सिर्जना हुँदै आएको अवस्था छ।

प्रकाशित मिति: १२:२४ बजे, शुक्रबार, असार ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्