श्रीलंकाका प्रधानमन्त्रीले आर्थिक पुनरुत्थानको मार्गचित्र प्रस्तुत गर्ने
काेलम्बाे, असार ३ : श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले वर्तमान आर्थिक संकटबाट देशलाई पार लगाउन छिट्टै संसदमा मार्गचित्र प्रस्तुत गर्ने भएका छन्।विक्रमासिंघेले वर्तमान आर्थिक अवस्थाबारे छलफल...
काेलम्बाे, असार ३ : श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले वर्तमान आर्थिक संकटबाट देशलाई पार लगाउन छिट्टै संसदमा मार्गचित्र प्रस्तुत गर्ने भएका छन्।
विक्रमासिंघेले वर्तमान आर्थिक अवस्थाबारे छलफल गर्न बिहीबार राति भेटेका सांसद्हरूबाट प्रस्ताव र सुझाव लिएर यो रोडम्याप बनाइने बताएका हुन्।
बिहीबार राति अर्थ मन्त्रालयका सचिव महिन्दा सिरिवर्द्धनाले वर्तमान आर्थिक संकटबाट बच्न सरकारको अल्पकालीन र मध्यकालीन रणनीतिबारे सांसद्हरूलाई जनाकारी दिएका थिए।
पछिल्लो समय श्रीलंका स्वतन्त्र भएपछि सबैभन्दा गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ।
देशको सरकारी इन्धन वितरक सिलोन पेट्रोलियम कर्पोरेसनले आफूसँग ५ हजार मेट्रिक टन मात्रै पेट्रोल रहेको र यसरी दैनिक ५ सय मेट्रिक टन मात्रै ग्यास पसलमा निकासी हुने गरेको बताएको छ। देशमा हाल चरम इन्धन संकट छ।
प्रकाशित मिति: ११:५८ बजे, शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












