Kathmandu Press

करेन्ट लागेर दाङमा एकजनाको मृत्यु

तुलसीपुर, असार ३ : दाङमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका–५ पहरूवाका ४५ वर्षीय मोहन चौधरीको मृत्यु भएको हो । बिहान...
करेन्ट लागेर दाङमा एकजनाको मृत्यु
Hardik ivf

तुलसीपुर, असार ३ : दाङमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका–५ पहरूवाका ४५ वर्षीय मोहन चौधरीको मृत्यु भएको हो । 

बिहान घर नजिकको धानखेतमा मोटर लगाएर सिँचाइ गर्ने क्रममा चौधरीलाई करेन्ट लागेको हो।

गम्भीर घाइते उनको  उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुरजविक्रम शाहले जानकारी दिए। 

प्रकाशित मिति: ११:०२ बजे, शुक्रबार, असार ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्