Kathmandu Press

शेयर बजारमा अन्योल कायमै

काठमाडौं, कात्तिक २० : नेप्से परिसूचक १ दशमलव ४४ ले घटेर ११३८ दशमलव ०२ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव १३ प्रतिशतको गिरावट दे....

शेयर बजारमा अन्योल कायमै

काठमाडौं, कात्तिक २० : नेप्से परिसूचक १ दशमलव ४४ ले घटेर ११३८ दशमलव ०२ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव १३ प्रतिशतको गिरावट देखिएको छ। 

११३९ दशमलव ५० को विन्दुमा खुलेको दोस्रो बजार ११४१ दशमलव ०९ को उच्च विन्दुसम्म पुगेको थियो। 

बजारको न्यून विन्दु ११३६ दशमलव ७४ रहँदा बुधबार २० करोड ६२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। बजारमा दुई कम्पनीको मात्र एक करोडमाथिको शेयर किनबेच भएको छ।

Hardik ivf

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको शेयर किनबेच भएको छ। प्रभु बैंक लिमिटेडको ४ करोड ३६ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज साल्ट ट्रेडिङ्ग कर्पोरेशनका शेयर धनीले सर्वाधिक ९ दशमलव ८८ प्रतिशतले कमाए भने महालक्ष्मी विकास बैंकका शेयरधनीले सर्वाधिक ४ दशमलव २८  प्रतिशतले गुमाए। 

लाभांश गतिविधि 

आज नयाँ नेपाल लघुवित्तले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२६  प्रतिशत नगद लाभांश तथा गुराँस लाइफ इन्स्योरेन्सले १३ दशमलव १ प्रतिशत बोनस शेयर प्रस्ताव गरेका छन्। 

छोटो समयावधिको प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार बजारको तत्कालीन प्रतिरोध ११५३ र टेवा क्रमश ः ११५३ र ११३६ भनिएकोमा आज बजार यही क्षेत्रभित्र सीमित रहेको छ। आज बजार ११३८ दशमलव ०२ अंकमा बन्द भएको छ। 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार नेप्सेको उतारचढाव एसेन्डिङ्ग ट्रायङ्गलको आकृतिभित्र सीमित रहेको देखिन्छ। यो प्रवृत्ति आफैमा प्राय बुलिस प्रवृत्तिको हुने गरे पनि बजार सकारात्मक हुनलाई माथिल्लो प्रवृत्ति रेखालाई निश्चित रुपमा तोड्नु जरुरी हुन्छ। आजको मैनबत्तीले बजारमा केही मात्रामा विक्रेताको चाप रहेको संकेत गरेको छ। आजको परिमाण सामान्य रहेको छ।
 
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो प्रवृत्तिहीन रहेको बजार आज घट्दो प्रवृत्तिमा रहेको देखिन्छ।

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकापसमा नजिकिँदै गएकाले कारोबारको अन्तिम समयमा क्रेताको चाप रहेको देखिन्छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४९ दशमलव ५५ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजार सकारात्मक रहेको संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिका सूचकले सकारात्मक संकेतहरु गरे पनि बजारको प्रवृत्तिले भने समर्थन गरेको देखिँदैन। त्यसैले समग्र रुपमा हेर्दा बजारमा अन्योलता कायमै रहेकाले यदि बजार ११४२ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने सम्भावना रहे पनि अर्को तत्कालीन प्रतिरोध ११४६ देखि ११५२ को क्षेत्रमा रहेको देखिन्छ। बजारको सामान्य तत्कालीन टेवा ११३० देखि ११३६ को क्षेत्रमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १८:०१ बजे, बुधबार, कात्तिक २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्