बृहत वृक्षारोपण कार्यक्रम–२०७९ सम्पन्न
काठमाडौं, असार २ : आठौं चुरे दिवसको अवसरमा देशभरका चुरे क्षेत्रहरुमा ‘एक दिनमा एक लाख विरुवा वृक्षारोपण’ भन्ने नाराका साथ बृहत वृक्षारोपण कार्यक्रम २०७९ सम्पन्न भएको छ ।
सिन्धुली जिल्ला, दुधौली नगरपालिका, वडा नं ३, झुँगास्थित विशाल सामुदायिक वन ईलाकामा राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीज्यूको प्रमुख आतिथ्यता वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली सेना र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको सहकार्यमा आयोजित उक्त वृक्षारोपण कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुले करिब विभिन्न प्रजातीका सोह्र हजार वोटविरुवाहरु वृक्षारोपण गरिएको हो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले वन सम्पदाको संरक्षणमा नेपाली सेनाको भूमिकाको प्रशंसा गरिन् ।
प्रकाशित मिति: १९:२९ बजे, बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












