Kathmandu Press

भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो

नयाँ दिल्ली, असार १ : भारतमा कोरोना भाइरसबाट थप १२ हजार २१३  जना सङ्क्रमित भएका छन्। बुधबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा...
भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो

नयाँ दिल्ली, असार १ : भारतमा कोरोना भाइरसबाट थप १२ हजार २१३  जना सङ्क्रमित भएका छन्। बुधबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो। 

यस वर्षको फेबु्रअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ सङ्क्रमित थपिएका थिए।  गत बुधबार भारतमा   आठ हजार ६४१ जना कोरोना सङ्क्रमित भएका थिए।  भारतमा हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३२ लाख ५७ हजार ७३० पुगेको छ। 

Hardik ivf

यसमध्ये ५८ हजार २१५ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ। सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१३ प्रतिशत हो। 

पछिल्लो एक दिनमा सात हजार ६२४ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ। योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ७४ हजार ७१२ पुगेको छ। कोरोना भाइरस निको भएको यो दर ९८।६५ प्रतिशत रहेको छ। 

कोरोना महामारीबाट बुधबार भारतमा ११ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोना शुरु भएबाट हालसमम भारतमा  ५ लाख २४ हजार ८०३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ।

भारतमा  सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्व ९५ करोड ६७ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ। 

प्रकाशित मिति: १८:०४ बजे, बिहीबार, असार २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्