थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, असार २ : नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ३८ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार २ सय ३० एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै थप १४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ६२ जना निको भएका छन्। हाल नेपालमा ९५ जना सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:५५ बजे, बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












