Kathmandu Press

‘स्थानीय नीति निर्माणमा युवाहरुको भूमिका अपरिहार्य’

काठमाडौं, असार २ : नेपालको समावेशी विकासका लागि स्थानीय नीति निर्माणमा युवाहरुको भूमिका अपरिहार्य रहेको सरोकारवालाहरुले निष्कर्ष निकालेका छन्।६ प्रदेशका २३ पालिकाहरुका युवा, मिडिया र...
‘स्थानीय नीति निर्माणमा युवाहरुको भूमिका अपरिहार्य’

काठमाडौं, असार २ : नेपालको समावेशी विकासका लागि स्थानीय नीति निर्माणमा युवाहरुको भूमिका अपरिहार्य रहेको सरोकारवालाहरुले निष्कर्ष निकालेका छन्।

६ प्रदेशका २३ पालिकाहरुका युवा, मिडिया र नागरिक समाज संस्थाहरुले नेपालको समावेशी विकासका लागि स्थानीय नीति निर्माण र कार्यान्वयनमा युवाको भमिूका अपरिहार्य रहेको निष्कर्ष निकालेका हुन्। 

Hardik ivf

दायित्व नेपाल जनप्रशासन फेलोशिप–२०२२ अन्तर्गत भएको भर्चुअल कार्यक्रममा सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, वाग्मती, गण्डकी र प्रदेश नं १ का स्थानीय युवा, मिडिया र नागरिक समाजका प्रतिनिधिहरुबीच र स्थानीय युवाहरुको भुमिका र सलंग्नतालाई कसरी संस्थागत गर्ने भन्ने विषयमा गरिएको गहन छलफलमा सहभागिहरुले स्थानीय नीति निर्माण प्रक्रिया, सुशासन, युवा रोजगारी, उद्यमशीलता विकास, युवा नेतृत्व जस्ता जस्ता समयसापेक्ष मुद्दाहरु उठाइएका थिए। 

कार्यक्रममा सहभागी युवा तथा नागरिक समाजका प्रतिनिधिहरुले मिडियाले युवा, स्थानीय उद्यमशीलता र अन्य संवेदनशील विषयहरुमा कम ध्यान दिएको गुनासो गर्दै स्थानीय तहमा मात्र नभएर राष्ट्रिय तहमै युवाहरुको प्रयास, सफलताका कथाहरुलाई समेट्न आग्रह गरे।

भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रमबाट मिडियाका प्रतिनिधिहरुले भने ग्रामीण नेपालमा मिडियालाई समाजले हेर्ने दृष्टिकोण नै धेरै फरक रहेको र सुचनाको स्रोत कम रहेकोले काम गर्न निकै असहज हुने गुनासो गरे। मिडिया माथि उठेका प्रश्नहरुलाई सम्बोधन गर्ने क्रममा उनीहरुले सरकारी लगायत अन्य सयंन्त्रबाट सुचनाको प्रवाह उचित ढंगले भए सबै प्रभावकारी विषयको समाचार सम्प्रेशण हुने बताए। 

स्थानीय नीति निर्माण तथा कार्यान्वयनमा युवाको आवाजलाई संस्थागत गर्नका निम्ति युवा आफैंले प्रभावकारी पहलहरुलाई सम्बन्धित निकायसम्म पुर्‍याई बारम्बार घचघचाउनु पर्ने, नागरिक समाजले युवाहरुलाई सम्बन्धित निकायसम्म पुग्नलाई मदत गर्नुपर्ने र मिडियाले युवाहरुका ती पहलहरुलाई स्थानीय एवं राष्ट्रिय स्तरमै प्रवर्द्धन गर्नुपर्ने निचोड यस आन्तरक्रिया कार्यक्रमले निकालेको हो। 

दायित्व नेपाल जनप्रशासन फेलोशिप २०२२ अन्तर्गतका २३ जना फेलोहरुले ६ प्रदेशका २३ वटा पालिकाहरुमा विगत चार महिनादेखि पालिका अन्तर्गत जनअधिकारीहरु र स्थानिय सरकारका निर्वाचित प्रतिनिधिहरुलाई स्थानीय नीति निर्माणको लागी अनसुन्धान गर्न र स्थानीय नीतिको कार्यान्वयनमा सहयोग गर्दै आएका छन्।
 

प्रकाशित मिति: १७:५१ बजे, बिहीबार, असार २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्