Kathmandu Press

यमनमा कार विस्फोट हुँदा पत्रकारको मृत्यु

एडेन, असार २ : यमनको दक्षिणी बन्दरगाह सहर एडेनमा बुधबार एक स्थानीय यमनी पत्रकारको गाडी विस्फोटमा परी मृत्यु भएको एक सरकारी अधिकारीले सिन्ह्वालाई...
यमनमा कार विस्फोट हुँदा पत्रकारको मृत्यु

एडेन, असार २ : यमनको दक्षिणी बन्दरगाह सहर एडेनमा बुधबार एक स्थानीय यमनी पत्रकारको गाडी विस्फोटमा परी मृत्यु भएको एक सरकारी अधिकारीले सिन्ह्वालाई बताएका छन्।

साबेर नोमान अल–हैदरी नामक स्थानीय पत्रकार बोकेको गाडीमा जडान गरिएको इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) ले एडेनको मन्सौरा जिल्लामा ठूलो विस्फोट गराएको स्थानीय सरकारी स्रोतले नाम नछाप्ने सर्तमा बताएका छन्। 

Hardik ivf

राति भएको विष्फोटमा पत्रकारको ज्यान गएको र धेरै यात्रुहरू घाइते भएका छन्। पत्रकार जापानी समाचार आउटलेटका लागि काम गर्थे, उनलाई किन निशाना बनाइएको थियो भन्ने तुरुन्तै स्पष्ट नभएको सरकारी अधिकारीले जानकारी दिएका छन्। 

हालसम्म कुनै समूहले विस्फोटको जिम्मेवारी लिएको छैन। तर युद्धग्रस्त अरब देशमा यस्तै घटनाहरूमा धेरै यमनी पत्रकार मारिएका छन्।
यमन सन् २०१४ को उत्तरार्धदेखि गृहयुद्धमा फसेको छ।

हुथी मिलिशियाले धेरै उत्तरी प्रान्तहरू कब्जा गरे र साउदी समर्थित यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निकालिएका थिए।

स्थानीय अधिकारीहरूले एडेनमा सुरक्षा र स्थिरता कायम गर्न प्रयास गरिरहेका छन्। यद्यपि, रणनीतिक यमन बन्दरगाह सहरमा छिटपुट बम विस्फोटका घटनाहरू र गोलीबारी आक्रमणहरू अझै पनि हुने गरेको पाइन्छ।

प्रकाशित मिति: १७:२७ बजे, बिहीबार, असार २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्