Kathmandu Press

एमालेका सांसदहरुको बहिष्कारबीच विनियोजन विधेयक पारित

काठमाडाैं, असार २ : नेकपा एमालेका सांसदहरुको बहिष्कारकाबीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ।बिहीबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश...
एमालेका सांसदहरुको बहिष्कारबीच विनियोजन विधेयक पारित

काठमाडाैं, असार २ : नेकपा एमालेका सांसदहरुको बहिष्कारकाबीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो।

अर्थमन्त्री शर्माले उक्त प्रस्ताव पेश गर्दा एमाले सांसदहरुले सदन बहिष्कार गरेका थिए, त्यसलगतै प्रस्ताव पेश गर्दै अर्थमन्त्री शर्माले दुईपटक संसदको बिघटन गरेपछि लोकतन्त्रलाई बचाएर वर्तमान सरकार गठन भएको बताए।

बैठकले विनियोजन विधेयकमाथि परेको खर्च कटौतीको प्रस्ताव समेत अस्वीकृत भएको थियो।

प्रकाशित मिति: १७:०३ बजे, बिहीबार, असार २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्