Kathmandu Press

विधेयकहरू सर्वसम्मतिले स्वीकृत

काठमाडाैं, असार २ : राष्ट्रियसभाको आजको बैठकले औषधि (तेस्रो संसोधन) विधेयक, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशाेधन) विधेयक, २०७९ माथि...
विधेयकहरू सर्वसम्मतिले स्वीकृत

काठमाडाैं, असार २ : राष्ट्रियसभाको आजको बैठकले औषधि (तेस्रो संसोधन) विधेयक, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशाेधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

उक्त विधेयकमाथि विचार गरियोस भनी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सदनसमक्ष पेस गरेका थिए।

Hardik ivf

यस्तै बैठकले शपथसम्बन्धी विधेयक, २०७८ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडाले शपथसम्बन्धी विधेयक दफावार छलफलका लागि  सदनसमक्ष प्रस्तुत गरेका थिए।

शोक प्रस्ताव पारित

बैठकले पूर्वमन्त्री मिथिला चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। राष्ट्रियसभाका अध्यक्ष गणेप्रसाद तिमल्सिनाद्वारा प्रस्तुत गरिएको उक्त शोक प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो।

स्व. चौधरी नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) बाट विसं २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: १६:३८ बजे, बिहीबार, असार २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्