Kathmandu Press

बलिउड अभिनेता गोविन्दा नेपालमा 

काठमाडौं, कात्तिक २० : बलिउड अभिनेता गोविन्दा ‘नेपाल चलचित्र स्वर्णीम महोत्सव’ मा सहभागी हुन नेपाल आइपुगेका छन्।

गोविन्दा प....

बलिउड अभिनेता गोविन्दा नेपालमा 

काठमाडौं, कात्तिक २० : बलिउड अभिनेता गोविन्दा ‘नेपाल चलचित्र स्वर्णीम महोत्सव’ मा सहभागी हुन नेपाल आइपुगेका छन्।

गोविन्दा पत्नी सुनिता आहुजासहित नेपाल आएका हुन्। नेपाल आफ्नो ससुराली भएको बताउँदै आएका गोविन्दा वीरगञ्जमा बिहीबारदेखि सुरु हुने ‘नेपाल चलचित्र स्वर्णीम महोत्सव’ मा सहभागी हुनेछन्।

महोत्सवमा हुने कार्यक्रममा गोविन्दाको पनि प्रस्तुति रहने चलचित्र संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए। 

गोविन्दा गत वर्ष काठमाडौंमा आयोजित ‘एलजी फिल्म अवार्ड’ मा सहभागी भएका थिए। बिहीबारदेखि सुरु हुने चलचित्र स्वर्णीम महोत्सव कात्तिक २४ सम्म चल्नेछ।  
 

प्रकाशित मिति: १६:२९ बजे, बुधबार, कात्तिक २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्