Kathmandu Press

विद्युत् सर्ट भएर आगलागी हुँदा वृद्धाको मृत्यु

दोलखा, असार २ : दोलखाको शैलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा निसासिएर एक वृद्धाको मृत्यु भएको छ।शैलुङ–१ मा घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा...
विद्युत् सर्ट भएर आगलागी हुँदा वृद्धाको मृत्यु

दोलखा, असार २ : दोलखाको शैलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा निसासिएर एक वृद्धाको मृत्यु भएको छ।

शैलुङ–१ मा घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा ८५ वर्षीया निदकुमारी मगरको निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

आज बिहानको समयमा उक्त घरमा विद्युत् सर्ट भएर आगलागी भएको र झ्यालढोका सबै बन्द रहेका कारण घरमा रहेकी वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घरको छुट्टै कोठामा वृद्धा एक्लै सुत्ने गरेको र घरमा आगलागी भएपछि स्थानीयवासीले उद्धारको प्रयास गरे पनि निसास्सिएर वृद्धाको मृत्यु भइसकेको स्थानीयवासीले बताएका छन्।

आगलागीमा परी घर पूर्णरूपमा नष्ट भएको छ भने बाख्रा तथा कुखुरासमेत जलेर मरेका छन्। आगलागीबाट के–कति क्षति भयो भन्नेबारेमा विवरण सङ्कलन भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:१४ बजे, बिहीबार, असार २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्