५१ किलो हेरोइनसहित सात विदेशी महिला पक्राउ
काठमाडाैं, असार २ : नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले ५१ किलो लागु औषध हेरोइनसहित ७ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।व्युरोले बिहीबार काठमाडौंका...
काठमाडाैं, असार २ : नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले ५१ किलो लागु औषध हेरोइनसहित ७ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
व्युरोले बिहीबार काठमाडौंका पत्रकार सम्मेलन गर्दै त्रिभुवन विमानस्थल र ठमेल वरपरका क्षेत्रमा निगरानी र अनुसन्धान गर्दा सात जना दक्षिण अफ्रिकाका महिलाहरुलाई पक्राउ गरिएको जनाएको हो।
उनीहरु बिभिन्न मितिमा फ्लाई दुबई र कतार एयरवेजबाट काठमाडौं आएको खुलेको छ। उनीहरुबाट बरामद लागू औषधमा सेतो हिरोइन ४९ किलो र खैरो हिरोइन २ किलो रहेको प्रहरीले जनाएको छ।
जसको अवैध बजार मूल्य १ अर्व दुई करोड रहेको व्युरोका कार्यालय प्रमुख प्रहरी उपरिक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो।
पक्राउ परेका विरुद्ध लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: १६:१० बजे, बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












