Kathmandu Press

विदेश भ्रमणमा रहेका दुई मन्त्रीकाे कार्यभार मन्त्री पाैडेललाई

काठमाडाैं, असार २ : प्रधानमन्त्री शेरबहादूर देउवाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई थप दुई मन्त्रालयको र परराष्ट्रमन्त्री नारायण खड्कालाई थप एक मन्त्रालयको...
विदेश भ्रमणमा रहेका दुई मन्त्रीकाे कार्यभार मन्त्री पाैडेललाई

काठमाडाैं, असार २ : प्रधानमन्त्री शेरबहादूर देउवाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई थप दुई मन्त्रालयको र परराष्ट्रमन्त्री नारायण खड्कालाई थप एक मन्त्रालयको कार्यभार तोकेका छन्। 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिपद् कार्यालयबाट कार्यभार ताकिएका बारेमा प्राप्त पत्रको व्यहोरा सदनलाई जानकारी गराए। 

Hardik ivf

तीन मन्त्री फरकफरक कार्यक्रममा सहभागी हुन विदेश प्रस्थान गरेकाले उनहरुको अनुपस्थितिमा प्रधानमन्त्री देउवाले कार्यभार तोएका हुन्।

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ युरोप भ्रमणमा गएकाले उनको अनुपस्थितिमा उनले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार शिक्षामन्त्री पौडेललाई तोकिएको हो। त्यस्तै प्रधानमन्त्रीले यूवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज रसियामा आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेले उनले सम्हाल्दै आएको जिम्मेवारी पनि मन्त्री पौडेललाई तोकेका छ। 

त्यस्तै प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु स्विजल्याडको जेनेभामा आयोजना हुने विश्व व्यापार सङ्घको कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकाले उनले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री नारायण खड्कालाई तोक्नुभएको हो।

प्रकाशित मिति: १५:५४ बजे, बिहीबार, असार २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्