Kathmandu Press

कालीकोटमा बाढीले बगाउँदा एकजनाको मृत्यु

कालीकोट, असार २ : कालीकोटमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ। खाँडाचक्र नगरपालिका–२ सुनार खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र–२ का ४४ वर्षका खड्के...
कालीकोटमा बाढीले बगाउँदा एकजनाको मृत्यु

कालीकोट, असार २ : कालीकोटमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ। 

खाँडाचक्र नगरपालिका–२ सुनार खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र–२ का ४४ वर्षका खड्के विकको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेल जानकारी दिए।

विकलाई खोला तर्ने क्रममा बुधबार अपराह्न बाढीले बगाएको हो। साथमै गएकी मृतक विककी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

विक दम्पतीलाई मान्म बजारबाट घर जाँदै गरेका बेला खोलामा बाढी आएर बगाएको हो। 

प्रकाशित मिति: १५:२७ बजे, बिहीबार, असार २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्