Kathmandu Press

सिमेन्ट उत्पादक संघले गर्‍यो बजेटको स्वागत

काठमाडाैं, असार २ : नेपाल सिमेन्ट उत्पादक संघले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सकारात्मक रहेको जनाएको छ। सङ्घले बुधबार विज्ञप्ति...
सिमेन्ट उत्पादक संघले गर्‍यो बजेटको स्वागत

काठमाडाैं, असार २ : नेपाल सिमेन्ट उत्पादक संघले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सकारात्मक रहेको जनाएको छ। सङ्घले बुधबार विज्ञप्ति जारी गर्दै बजेटले स्वदेशमा स्थापित सिमेन्ट, क्लिङ्कर उत्पादन गर्ने उद्योगहरू संरक्षण तथा संवद्र्धन गर्न सहज भएको जनाएको हो।
 
सरकारले बजेटमार्फत सिमेन्ट निर्यातमा नगद प्रोत्साहन तथा उद्योगहरूले उपभोग गर्ने विद्युत् महसुलमा छुट दिने घोषणा गरेको थियो। सङ्घले उक्त निर्णयको स्वागत गर्दै स्वदेशी उत्पादनमूलक उद्योगहरूको हितमा निर्णय भएको जनाएको हो।
 
सरकारले निर्यातसँगै विद्युत् उपयोगमा छुट दिँदा वार्षिक रु १५० अर्बभन्दा बढी मूल्य बराबरको सिमेन्ट निर्यात गर्न सम्भावना रहेको सङ्घका अध्यक्ष धुव्रबहादुर थापाले जानकारी दिए। निर्यातमा वृद्धि हुँदा देशमा चुलिएको व्यापार घाटा कम गर्न तथा विदेशी मुद्रा सञ्चिती गर्नमा सहयोग पुग्ने उनको भनाइ छ।
 
गत जेठ १५ गते संघीय संसद्मा अर्थमन्त्री जनादर्न शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराइने बताएका थिए।

उनले उच्च निर्यात सम्भावना भएको क्लिङकर, सिमेन्ट, स्टिल, फुटवेयर र प्रशोधित पानी तथा सूचना प्रविधिमा आधारित पहिचान गरी निर्यात प्रवर्धन गरिने र यस्ता वस्तुमा आठ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराइने बताएका हुन्।

यस्तै औद्योगिक क्षेत्रको विकास गर्न, वैदेशिक लगानी आकर्षित गर्न र उत्पादन एवं निर्यात प्रवद्र्धन गरी आयात प्रतिस्थापन गर्न योगदान पुग्ने गरी वार्षिक १० करोडभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई विद्युत् महसुलमा दुईदेखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिने भएको छ। सरकारले उत्पादन र निकासीको आधारमा कार्यविधि बनाएर दुईदेखि १५ प्रतिशतसम्म छुट दिने तयारी गरेको छ।
 

प्रकाशित मिति: १५:०४ बजे, बिहीबार, असार २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्