नेपाल एयरलाइन्सले विदेशी यात्रुसँग अब डलरमा भाडा नलिने
काठमाडौं, कात्तिक २० : नेपाल वायुसेवा निगमले डलर फेयर हटाउने भएको छ। आन्तरिक उडानमा विदेशी र नेपालीलाई फरक–फरक भाडादर कायम गर्दा विभेद गरेज....

काठमाडौं, कात्तिक २० : नेपाल वायुसेवा निगमले डलर फेयर हटाउने भएको छ। आन्तरिक उडानमा विदेशी र नेपालीलाई फरक–फरक भाडादर कायम गर्दा विभेद गरेजस्तो हुने भएकाले भाडादर समान कायम गरिएको निगमले जनाएको छ।
काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी निगमका कार्यकारी अध्यक्ष मदन खरेलले नेपाली र विदेशी यात्रुका लागि भाडादर समान कायम गरिएको जानकारी दिए।अबदेखि आन्तरिक उडानमा नेपाली र विदेशी दुवै यात्रुको हवाई टिकटको मूल्य बराबर हुनेछ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई बनेपछि उनले आन्तरिक उडानमा समान भाडादर लागू गर्न एयरलाइन्स कम्पनीहरुसँग आग्रह गरेका थिए। उनको आग्रहपछि सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले केही दिनअघि मात्रै भाडादर समान गर्ने निर्णय गरेको थियो।
हाल आन्तरिक उडानमा नेपाली र विदेशीका लागि फरक–फरक भाडादर लिँदै आइएको थियो।










-1754206481.jpg)
