Kathmandu Press

तानसेन–बुटवल सडकखण्डमा टिपर सञ्चालनमा रोक

पाल्पा, असार २ : तानसेन–बुटवल सडकखण्डमा टिपर सञ्चालनमा रोक लगाइएको छ।सडक डिभिजन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने सो सडकखण्डमा टिपर चलाउन रोक लगाएको हो।डिभिजन...
तानसेन–बुटवल सडकखण्डमा टिपर सञ्चालनमा रोक

पाल्पा, असार २ : तानसेन–बुटवल सडकखण्डमा टिपर सञ्चालनमा रोक लगाइएको छ।

सडक डिभिजन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने सो सडकखण्डमा टिपर चलाउन रोक लगाएको हो।

डिभिजन कार्यालयले एक सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सो सडकखण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो।

सडक डिभिजन कार्यालय पाल्पाका अनुसार सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षातको समयमा ठुला मालवाहक सवारी सञ्चालनले कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठूला सवारी सञ्चालनलमा रोक लगाइएको हो।

यो सडकमा अत्यधिक भारवहन भएका टिपरहरु सञ्चानलमा रोक लगाउन सहजीकरणका लागि स्थानीय प्रशासन र प्रहरी कार्यालयललाई समेत सडक डिभिजन पाल्पाले अनुरोध गरेको छ।

प्रकाशित मिति: १२:३२ बजे, बिहीबार, असार २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्