Kathmandu Press

काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी

काभ्रे, असार २ : जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ।जिसस प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजयी भएका हुन्। धुलिखेलमा...
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी

काभ्रे, असार २ : जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ।

जिसस प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजयी भएका हुन्। धुलिखेलमा सम्पन्न भएको निर्वाचनमा गठबन्धन दलको तर्फबाट उपप्रमुखमा नेपाली कांग्रेसका रिमबहादुर तामाङ विजयी भएका छन्।

यस्तै सदस्यमा नेकपा (माओवादी केन्द्र) का कमलराज गिरी, कृष्णकुमारी राई र रष्मिता भण्डारी, कांग्रेसकी अप्सरा सिप्खान, चण्डिका मिजार, निरबहादुर लामा र मङ्गलबहादुर तामाङ विजयी भएका छन्।

काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन्। स्थानीय तह निर्वाचनमा कांग्रेसले पालिकाको प्रमुख/अध्यक्षमा सात, माओवादी केन्द्रले चार, एमालेले एक र एकीकृत समाजवादीले एक स्थानमा विजय हासिल गरेको थियो।

कांग्रेस उपप्रमुखमा दुई र उपाध्यक्षमा चार, माओवादी केन्द्र उपप्रमुखमा एक र उपाध्यक्षमा तीन तथा एमाले उपप्रमुखमा तीन स्थानमा विजयी भएको थियो।

प्रकाशित मिति: ०७:५३ बजे, बिहीबार, असार २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्