Kathmandu Press

कैदीबन्दीले साउनदेखि दैनिक ८० रुपैयाँ पाउने

काठमाडौं, असार २ : आउँदो साउन १ गतेदेखि लागू हुने गरी कैदीबन्दीले रासनभत्तास्वरुप प्रतिदिन ८० रुपैयाँ प्राप्त गर्ने भएका छन्।चालू आर्थिक वर्षमा प्रतिदिन...
कैदीबन्दीले साउनदेखि दैनिक ८० रुपैयाँ पाउने

काठमाडौं, असार २ : आउँदो साउन १ गतेदेखि लागू हुने गरी कैदीबन्दीले रासनभत्तास्वरुप प्रतिदिन ८० रुपैयाँ प्राप्त गर्ने भएका छन्।

चालू आर्थिक वर्षमा प्रतिदिन ६० पाउँदै आएकामा उक्त रकममा २० रुपैयाँ बढाए ८० बनाइएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए।

Hardik ivf

'कैदीबन्दीको प्रतिदिन ६० रुपैयाँ र ७०० ग्राम चामल दिँदै आएकामा त्यसलाई ३३ प्रतिशत वृद्धि गरी प्रतिदिन ८० रुपैयाँ कायम गरिएको छ,' प्रतिनिधिसभाको  बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाणले भने, 'अर्थबाट सहमति प्राप्त भएकाले आगामी आर्थिक वर्ष साउनको पहिलो दिनबाटै उनीहरूले रकम प्राप्त गर्नेछन्।'

उनका अनुसार अब सबै कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य बिमासमेत गरिनेछ। सरकारले विभिन्न कारागारमा रहेका कैदीबन्दीको सीपलाई उपयोग गर्ने नीतिसमेत अवलम्बन गरेको छ।

उनीहरूको सीपलाई उपयोग गरी उद्यमशीलता विकासमा लगाउन कार्यविधि तर्जुमाका क्रममा रहेको गृहमन्त्री खाणले बताए। 'उनीहरूले पनि क्षमताअनुसार सीप सिकुन र उत्पानदमा प्रयोग गर्न सकुन भन्ने उद्देश्य रहेको छ,' गृहमन्त्री खाँडले भने।

उनका अनुसार कारागारमा फोटोसहितको परिचयपत्र लागू गर्ने कार्य शुरु भएको र जैविक विवरणसहितको कैदीबन्दी व्यवस्थापन सूचना प्रणाली व्यवस्थापनका लागि दुई अर्ब ४६ करोड विनियोजन गरिएको छ।

प्रकाशित मिति: ०७:३५ बजे, बिहीबार, असार २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्