Kathmandu Press

सशस्त्र प्रहरी इन्स्पेक्टर थापाको हृदयघातबाट मृत्यु

जुम्ला, कात्तिक २० : जुम्लास्थित सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको छ। ....

सशस्त्र प्रहरी इन्स्पेक्टर थापाको हृदयघातबाट मृत्यु

जुम्ला, कात्तिक २० : जुम्लास्थित सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको छ। उनी मंगलबार बिहान बेहोस भएका थिए।

इन्स्पेक्टर थापाले मङ्गलबार साँझसम्म ड्युटी गरेका थिए। साँझ खाना खाएर सुतेका उनी बुधबार बिहान एक्कासी बेहोस भएका थिए। त्यसपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको थियो।

Hardik ivf

उपचारका क्रममा उनको मुत्यु भएको सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लाका प्रहरी उपरीक्षक सरत न्यौपानेले बताए। ‘निरीक्षक थापा मङ्गलबार राम्रोसँग ड्युटी भ्याएर खाना खाएर सकुशल सुतेका थिए। एक्कासी बेहोस भएको थाहा पाएपछि उपचार गर्न लगेका हौँ। तर, बचाउन सफल भएनौँ,’ उपरीक्षक न्यौपानेले भने।

उपचारमा संलग्न चिकित्सकहरुले हृदयघात भएको बताएका छन्। ‘डाक्टरका अनुसार हृदयाघातका कारण मृत्यु भएको हो,’ उनले भने। अब परिवारसँग खबर गरेर गाडी वा अन्य सवारीसाधनमा उनकै जिल्ला पठाएर कानूनी प्रक्रियाअनुसार दाहसंस्कार गरिने उपरीक्षक न्यौपानेले  बताए।

मृतक थापा एक वर्षदेखि जुम्लामा कार्यरत थिए। उनी दैलेखको नारायणी नगरपालिका–८ का वासिन्दा हुन्। रासस

प्रकाशित मिति: १४:३२ बजे, बुधबार, कात्तिक २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्