Kathmandu Press

आप्रवासीसहित अस्ट्रेलिया हिडेको डुङ्गा रोकियो

कोलम्बो, असार १ : श्रीलङ्काको नौसेनाले बुधबार दर्जनौँ आप्रवासीलाई अस्ट्रेलिया लग्न लागिएको भनिएको एउटा माछा मार्ने डुङ्गा रोकेको बताएको छ। गत महिना कोलम्बोमा...
आप्रवासीसहित अस्ट्रेलिया हिडेको डुङ्गा रोकियो

कोलम्बो, असार १ : श्रीलङ्काको नौसेनाले बुधबार दर्जनौँ आप्रवासीलाई अस्ट्रेलिया लग्न लागिएको भनिएको एउटा माछा मार्ने डुङ्गा रोकेको बताएको छ। गत महिना कोलम्बोमा रोकिएको यस्तै घटनासहित अहिलेसम्म यो पाँचौं प्रयास हो।

नौसेना प्रवक्ता इन्डिका डे सिल्भाले एएफपीसँग भने, 'चालक दलका पाँच सदस्यहरूसहित अष्ट्रेलियाका लागि हिँडेको यो डुङ्गा एशियाली द्वीप राष्ट्र, श्रीलङ्काको पूर्वी तटमा ट्रिन्कोमाली नजिकैबाट समातिएको हो। डुङ्गामा ५० पुरुष, ११ महिला र तीन केटाकेटी यात्रुको रूपमा रहेको भेटिएको छ।'

उनले भने, 'यो डुङ्गा भर्खरै ट्रिन्कोमाली तटको कुनै ठाउँबाट छुटेको र नौसेनिक जहाजले शङ्का लागि खोजतलास गर्दा माछा मार्ने उक्त डुङ्गामा ठूलो सङ्ख्यामा मानिसहरू राखिएको भेटिएको हो।'

'शंकास्पद व्यक्तिहरूलाई थप अनुसन्धानका लागि प्रहरीमा सुम्पिनेछ।'

यात्रुहरूलाई अस्ट्रेलिया पुर्‍याउने उद्देश्यले अन्य चार डुङ्गाले पनि गत महिना श्रीलङ्काबाट यात्रा तय गर्ने प्रयास गरेका अनुसन्धानले पुष्टि गरेको छ।

उनले भने, 'सोही समयावधिमा आप्रवासनसँग सम्बन्धित अपराधका कारण ३०० जनालाई गिरफ्तार गरिएको थियो।'

सुरक्षा अधिकारीहरूले श्रीलङ्काको खराब आर्थिक संकटले अवैध बसाइसराइलाई प्रोत्साहन गरिरहेको हुनसक्ने बताएका छन्।

अत्यावश्यक वस्तु आयात गर्न विदेशी मुद्रा समाप्त भएपछि देशले महिनौंदेखि खाद्य, इन्धन र औषधीहरूको गम्भीर अभावको सामना गर्दै आएको छ।

अस्ट्रेलियाको कडा आप्रवासन अडानले अनुमतिबिना डुङ्गाद्वारा आउने जोसुकैलाई पनि स्थायी रूपमा बस्न प्रतिबन्ध लगाएको छ।

श्रीलङ्काको सबैभन्दा नजिकको अष्ट्रेलियाको इलाका क्रिस्मस आइस्ल्यान्ड श्रीलङ्काबाट करिब तीन हजार ५०० किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ।

अस्ट्रेलियाको मुख्य भूमि दक्षिण एसियाली यस मुलुकबाट पाँच हजार ५०० किलोमिटर टाढा पर्छ।

प्रकाशित मिति: २०:३५ बजे, बुधबार, असार १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्