Kathmandu Press

बजेटले सबै क्षेत्र समेटेको छ : विपक्षी दलका नेता शाक्य

बजेटले सबै क्षेत्र समेटेको छ : विपक्षी दलका नेता शाक्य

हेटाैंडा, असार १ : बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले बागमती प्रदेशले ल्याएको बजेटले सबै क्षेत्र समेटेको बताएकी छन।

बजेट प्रस्तुतपछि प्रतिक्रिया दिने क्रममा उनले बजेटले सबै क्षेत्र समेटेको तर कार्यान्वयन गर्न भने समस्या हुने बताइन। ठूलो आकारको बजेट र सबै क्षेत्र समेटिएको भए पनि प्रदेश सरकारको काम गर्ने समय नै कम भएका कारण कार्यान्वयन हुन कठिन पर्ने उनको तर्क छ।

उनले भनिन, 'अब पाँच/सात महिना बाँकी छ सबै क्षेत्रमा काम गर्छु भनेको छ समय छैन कसरी सम्भव हुन्छ।' यद्यपि बजेट भने राम्रो भएको उनको भनाइ छ।
 
नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले प्रस्तुत बजेटले प्रदेशको मुहार फेर्ने बताइन। शिक्षा, स्वास्थ्य, रोजगार, कृषिलगायतका क्षेत्रमा बजेटले सम्बोधन गरेको उनको भनाइ छ।

उनले भनिन, 'स्वास्थ्य, शिक्षासँगै प्रदेशको राजधानी चक्रपथ र प्रदेशको चक्रपथसमेतको बजेट समेटिएकाले हालको बजेट गाउँमुखी काममुखी भएकाले लक्ष्य हासिल गर्नेछ।'

विवेकशील साझा पार्टीका सांसद रमेश पौड्यालले प्रस्तुत बजेटमा त्रुटि भएको बताए। उनका अनुसार प्रदेशको निम्न आय भएको जनतालाई बजेटले नछोएको बताए।

त्यसैगरी रोजगारीका लागि ठोस कुरा नआएको उनले बताए। साथै नेकपा (माओवादी केन्द्र) ले मन्त्रालय कटौतीको कुरा गरेको भए पनि बजेट नतोकिएका कारण प्रभावकारी नभएको उनको तर्क रहेको छ।

प्रकाशित मिति: २०:२६ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्