Kathmandu Press

पाँच वर्षसम्म वार्षिक ७० अर्बको विद्युत् निर्यात गर्न सकिन्छ : ऊर्जामन्त्री भुसाल

काठमाडाैं, असार १ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी पाँच वर्षमा हरेक वर्ष रु ७० अर्ब बढीको विद्युत् निर्यात गर्न सकिने...
पाँच वर्षसम्म वार्षिक ७० अर्बको विद्युत् निर्यात गर्न सकिन्छ : ऊर्जामन्त्री भुसाल

काठमाडाैं, असार १ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी पाँच वर्षमा हरेक वर्ष रु ७० अर्ब बढीको विद्युत् निर्यात गर्न सकिने बताएकी छन। प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ अन्तर्गत ऊर्जा मन्त्रालय शीर्षकको विनियोजनमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै उनले आगामी आर्थिक वर्ष वर्षायाममा मात्रै करिब रु १५ देखि २० अर्ब बराबरको अतिरिक्त विद्युत् निर्यात गर्न सकिने बताइन।

हाल वर्षायाममा बढी हुने ३६४ मेगावाट विद्युत् प्रतिस्पर्धी बजारमा दैनिक रु १० देखि १२ करोडको विद्युत् भारत निर्यात गरिरहेको जनाउँदै उनले आन्तरिक माग धान्न भारतबाट आयात गरिएको विद्युत्को मूल्यभन्दा वर्षायाममा नेपालले निर्यात गरेको विद्युत्को मूल्य बढी रहेको बताइन। 'गत सुख्खायाममा देशको आन्तरिक माग धान्न भारतबाट आयात भएको विद्युत्को औसत मूल्य नौ रुपैयाँ सात पैसा प्रतियुनिट रहेको छ भने यो वर्षात्मा अहिलेसम्मको निर्यातको औसत दर ११ रुपैयाँ ३८ पैसा प्रतियुनिट रहेको छ।'

विद्युत् उत्पादनका क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको निजी क्षेत्रलाई नेपालमा खपत भएर बढी हुने अतिरिक्त विद्युत् निर्यातका लागि अन्तरदेशीय विद्युत् व्यापारको अनुमति दिने प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ। मन्त्री भुसालले उपलब्ध जलस्रोतको अधिकतम फाइदा हुनेगरी तीनवटै तहका सरकारबाट समन्वयात्मकरुपमा आयोजनाको विकास गर्न नदी बेसिन योजना र जलविद्युत् गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरिन।

प्रकाशित मिति: २०:१६ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्