Kathmandu Press

नयाँदिल्लीमा सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशत वृद्धि

नयाँ दिल्ली, असार १ : भारतको नयाँ दिल्लीमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशतले वृद्धि भएको छ। सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार अघिल्लो दिनको तुलनामा...
नयाँदिल्लीमा सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशत वृद्धि

नयाँ दिल्ली, असार १ : भारतको नयाँ दिल्लीमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशतले वृद्धि भएको छ। 

सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार अघिल्लो दिनको तुलनामा बुधबार ८२ प्रतिशतले वृद्धि भएको हो।   

देशको सङ्घीय राजधानी नयाँ दिल्लीमा एकाएक सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको विवरण सार्वजनिक भएपछि धेरैको ध्यान खिचिएको छ। 

स्वास्थ्य अधिकारीका अनुसार पछिल्लो एक दिनमा एक हजार ११८ जना सङ्क्रमित थपिएका छन् । जवकी अघिल्लो दिन ६१४ जना मात्रै सङ्क्रमित भएका थिए। 

उनीहरुले पछिल्लो एक दिनमा ५०० सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन्। भारतमा अहिले देशभरी सक्रिय सङ्क्रमितको सङ्ख्या ५० हजार ५४८ रहेका छन् । भारतमा अहिले फेरि दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको देखिएको छ। 

प्रकाशित मिति: १६:३८ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्