नाइजर आक्रमणमा परी आठ सिपाही मारिए
नाइजेरिया, असार १ : सशस्त्र लडाकूहरूले बुर्किना फासोसँगको नाइजरको सीमानजिकै आतङ्कवादी आक्रमणमा आठ सिपाहीको हत्या हुनुको साथै ३३ जना घाइते भएका नाइजेरियाली सरकारले मङ्गलबार...
नाइजेरिया, असार १ : सशस्त्र लडाकूहरूले बुर्किना फासोसँगको नाइजरको सीमानजिकै आतङ्कवादी आक्रमणमा आठ सिपाहीको हत्या हुनुको साथै ३३ जना घाइते भएका नाइजेरियाली सरकारले मङ्गलबार जनाएको छ।
मोटरसाइकल र अन्य सवारी साधनमा सवार रहेका सशस्त्र आतंककारीहरूले मङ्गलबार बिहान करिब ०५ः३० बजे दक्षिणपश्चिमी नाइजरको वाराउमा नजिकैका गाउँहरूमा सुरक्षा अभियान गरिरहेको बेलामा आक्रमण गरेका रक्षा मन्त्रालयद्वारा एक विज्ञप्तिमा जनाइएको छ।
यद्यपी आतङ्ककारी आक्रमणपछिको सुरक्षा कारबाहीमा करिब ५० आतङ्कवादी मारिनु्को साथै अन्य छ जना गम्भीर घाइते भएका मन्त्रालयले जानकारी दिएको छ। नाइजेरियाली सेनाले आतङ्ककारीविरुद्ध गरेको कारबाहीको क्रममा पाँचवटा कारसहित केही सवारी साधन ध्वस्त भएको बताइएको छ।
वाराउ अराजक टिलाबेरी क्षेत्रमा अवस्थित छ। आक्रमण भएको क्षेत्र माली र बुर्किना फासोलगायत तीन सीमाना क्षेत्रको हिस्सा हो । जुन इस्लामिक स्टेट्स समूहसँग सम्बद्ध समूहहरू सहित जिहादी आक्रमणहरूको केन्द्र बनेको छ ।
नाइजेरियाका राष्ट्रपति मोहम्मद बाजुमले हालैमा सरकारको दृष्टिकोण परिवर्तन गर्ने प्रयास गरेका छन्।












