Kathmandu Press

इजिप्टमा आगलागी हुँदा ८ को मृत्यु 

इजिप्ट, असार १ : तेहरानको बाहिरी इलाकामा जन्मदिनको भोज आयोजना गरिएको एक  रेस्टुरेन्टमा भएको आगलागीमा परी आठ जनाको मृत्यु भएको छ। धुवाँबाट निसास्सिएर चार बालबालिकासहित...
इजिप्टमा आगलागी हुँदा ८ को मृत्यु 

इजिप्ट, असार १ : तेहरानको बाहिरी इलाकामा जन्मदिनको भोज आयोजना गरिएको एक  रेस्टुरेन्टमा भएको आगलागीमा परी आठ जनाको मृत्यु भएको छ। 

धुवाँबाट निसास्सिएर चार बालबालिकासहित आठ जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले बुधबार जानकारी दिएको हो। 

राजधानीको पश्चिममा रहेको एन्डिसेह सहरमा मंगलबार साँझ आगलागी भएको सरकारी समाचार संस्था इर्नाले जनाएको छ। 

सात जनाको घटनास्थलमा र एक तीन वर्षीय बालकको अस्पतालमा मृत्यु भएको तेहरान प्रान्त रेड क्रिसेन्टका अधिकारी शाहिन फाथीले समाचार इर्नालाई बताएका छन्। 

प्रकाशित मिति: १६:२५ बजे, बुधबार, असार १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्