Kathmandu Press

जर्मनीमा फेरि बढे कोरोना सङ्क्रमित, दैनिक १ लाखमा सङ्क्रमण

जर्मनी, असार १ : जर्मनीमा फेरि पनि कोरोना भाइरसका सङ्क्रमितहरु बढ्न थालेका छन्। यहाँका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका अधिकारीहरुले पछिल्ला दिनमा दैनिक करिब...
जर्मनीमा फेरि बढे कोरोना सङ्क्रमित, दैनिक १ लाखमा सङ्क्रमण

जर्मनी, असार १ : जर्मनीमा फेरि पनि कोरोना भाइरसका सङ्क्रमितहरु बढ्न थालेका छन्। यहाँका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका अधिकारीहरुले पछिल्ला दिनमा दैनिक करिब एक लाख सङ्क्रमित पाइने गरेको पाइएको बताएका छन्।

यहाँ मङ्गलबार मात्र १ लाख भन्दा बढी सङ्क्रमित देखिएका छन् । ती सङ्क्रमितहरु गएको अप्रिल महिनादेखि पहिलो पटक यतिधेरै सङ्क्रमित देखिएका बताइएको छ।

जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटले दिएको जानकारी अनुसार यहाँ पछिल्लो समयमा कारोनाा सङ्क्रमित बढेका छन् र मङ्गलबार मात्र १ लाख जना भन्दा बढीमा सो सङ्क्रमण पाइएको छ।

यहाँ गएको अप्रिल महिनामा ओमिक्रोन भेरियन्ट आएपछि दैनिक करिब १ लाख सङ्क्रमित पुग्ने गरेका थिए । त्यसपछि पछिल्ला केही हप्तामा यहाँ सङ्क्रमितहरु घट्दै गएकामा अहिले दैनिक १ लाख जति पुग्न लागेका बताइएको छ ।

यहाँको सरकारले सार्वजनिक स्थलहरुमा हुने जमघट तथा अन्य कतिपय कार्यहरुमा आगामी दिनमा के कसरी नियन्त्रण गर्ने भन्ने बारेमा छलफल गरिरहेको पनि स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन्।  

प्रकाशित मिति: १६:२१ बजे, बुधबार, असार १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्