Kathmandu Press

गुल्मी जिससमा गठबन्धनको प्यानल नै विजयी

काठमाडाैं, असार १ : जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनमा पाँच दलीय गठबन्धनको प्यानल नै विजयी भएको छ। बुधबार सम्पन्न निर्वाचनमा कुल २४ मत खसेको...
गुल्मी जिससमा गठबन्धनको प्यानल नै विजयी

काठमाडाैं, असार १ : जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनमा पाँच दलीय गठबन्धनको प्यानल नै विजयी भएको छ। बुधबार सम्पन्न निर्वाचनमा कुल २४ मत खसेको थियो।

जसमा प्रमुखमा कांग्रेसका दोर्ण खत्री, उप–प्रमुखमा नेकपा माओवादी केन्द्रका तेजेन्द्र सलामीसहित आठ सदस्यलाई समान १५÷१५ मत प्राप्त भएको छ। 

Hardik ivf

नेकपा एमालेबाट समन्वय प्रमुखमा उम्मेदवारी दिनुभएका युवराज न्यौपाने, उप–प्रमुखमा उम्मेदारी दिनुभएकी रमादेवी पुनसहित आठ सदस्यलाई समान नौ/नौ मत प्राप्त भएको छ।

गठबन्धनको तर्फबाट सदस्य पदको उम्मेदवार महेश्वर भण्डारीको १४ र एमालेको तर्फबाट सदस्यका उम्मेदवार कृष्ण भण्डारीको १० मत आएको छ।

शेरबहादुर विक, सुनिता जिसी कुँवर, शेरबहादुर कुँवर, सावित्रा भण्डारी, वीरबहादुर कार्की र निरमाया राना सदस्यमा विजयी भएको सहायक निर्वाचन अधिकृत राम बहादुर कुँवरले जानकारी दिए।

प्रकाशित मिति: १५:३६ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्