Kathmandu Press

बर्दिया जिसस प्रमुख र उपप्रमुखमा कांग्रेस

बर्दिया, असार १ : जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसको प्यानल निर्विरोध निर्वाचित भएको छ।जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सात सदस्य गरी नौ सदस्यीय...
बर्दिया जिसस प्रमुख र उपप्रमुखमा कांग्रेस

बर्दिया, असार १ : जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसको प्यानल निर्विरोध निर्वाचित भएको छ।

जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सात सदस्य गरी नौ सदस्यीय पदका लागि भएको निर्वाचन प्रक्रियाअनुसारको उम्मेदवारी दर्तामा अन्य कुनै पनि दलको उम्मेदवारी दर्ता नपरेपछि नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्।

प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट निर्वाचित भएका छन्।

उपप्रमुखमा अमिताकुमारी यादव निर्वाचित हुनुभएको छ। यसैगरी सदस्यमा विनय राजभण्डारी, तीर्थप्रसाद जैसी, पुरैलाल थारू, सुनिता नेपाली, छवि भाट, बिमला थारू र खगिसरा कामी विक निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित मिति: १५:२७ बजे, बुधबार, असार १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्