Kathmandu Press

बर्दिया जिसस प्रमुख र उपप्रमुखमा कांग्रेस उम्मेदवार निर्वाचित

बर्दिया जिसस प्रमुख र उपप्रमुखमा कांग्रेस उम्मेदवार निर्वाचित
Hardik ivf

बर्दिया, असार १ : जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसको प्यानल निर्विरोध निर्वाचित भएको छ। 

जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सात सदस्य गरी नौ सदस्यीय पदका लागि भएको निर्वाचन प्रक्रिया अनुसारको उम्मेदवारी दर्तामा अन्य कुनै पनि दलको उम्मेदवारी दर्ता नपरेपछि नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट निर्वाचित भएका छन्। उपप्रमुखमा अमिताकुमारी यादव निर्वाचित भएकी छन्। यसैगरी सदस्यमा विनय राजभण्डारी, तीर्थप्रसाद जैसी, पुरैलाल थारू, सुनिता नेपाली, छवि भाट, बिमला थारू र खगिसरा कामी विक निर्विरोध निर्वाचित भएका छन्।  

प्रकाशित मिति: १४:३६ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्