Kathmandu Press

शिक्षा तथा स्वास्थ्य समितिकाे वार्षिक प्रतिवेदन पेस

काठमाडाैं, असार १ : प्रतिनिधिसभाको आजको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले समितिको आर्थिक वर्ष २०७७/७८ र आव २०७८/७९ वार्षिक प्रतिवेदन...
शिक्षा तथा स्वास्थ्य समितिकाे वार्षिक प्रतिवेदन पेस

काठमाडाैं, असार १ : प्रतिनिधिसभाको आजको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले समितिको आर्थिक वर्ष २०७७/७८ र आव २०७८/७९ वार्षिक प्रतिवेदन सदनमा पेस गरेसी छन्। 

उनले प्रतिनिधिसभाको नियमावली २०७५ बमोजिम गठन भएको समितिको वार्षिक प्रतिवेदन पेस गरेका हुन्। सोही अवसरमा सभापति घर्तीले हालसम्म समितिको १२८ बैठक सम्पन्न भएको जानकारी दिए। 

Hardik ivf

समितिले कोभिडको समयमा समितिले स्थलगत अनुगमनपछि सम्बन्धित निकायलाई विभिन्न निर्देशन दिनाका साथै कार्यान्वयन भएनभएको बारेमा समेत अनुगमन गरेको उनको भनाइ छ।

उनले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्र प्रत्यक्ष रुपमा जनतासँग जोडिने भएकाले समितिले सोही मर्म र भावनाअनुरुप आफ्नो काम कारबाहीलाई अगाडि बढाइरहेको छ, कोभिडका बिरामी र अन्य बिरामीको उपचारमा यो समितिले विशेष भूमिका खेलेको छ।’ 

सदनको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत कानुन, न्याय तथा संघीय मामिला, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति लगायत ११  मन्त्रालयहरुको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ क्रम जारी छ।

प्रकाशित मिति: १४:२६ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्