Kathmandu Press

बरेङ गाउँमा विद्युत् विस्तार

बलेवा, असार १ : जिल्लाको बरेङ गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ । केन्द्रीय प्रसारण लाइनको पहुँचमा नरहेका बरेङ–१ ओखरेनी...
बरेङ गाउँमा विद्युत् विस्तार

बलेवा, असार १ : जिल्लाको बरेङ गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ । केन्द्रीय प्रसारण लाइनको पहुँचमा नरहेका बरेङ–१ ओखरेनी माझगाउँ, थुम, लुङदी चौडिला, सोलथापा, गडेल गाउँहरुमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको हो । 

सामुदायिक विद्युतीकरणमार्फत केन्द्रीय प्रसारण लाइन नपुगेका गाउँहरुमा विद्युत् पु¥याइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए। नेपाल विद्युत् प्राधिकरण, बरेङ धुल्लुबास्कोट उपभोक्ता समितिका अध्यक्ष छत्रबहादुर थापाले विद्युत्को स्विच थिचेर विद्युतीस्करणको उद्घाटन गरेका थिए। 

Hardik ivf

‘स्थानीय खोलामा रहेको पावर हाउसबाट उत्पादित बिजुलीले धिपधिपे बत्ती मात्रै बल्थ्यो,’ उनले भने, ‘अब राइसकुकरमा खाना बन्छ, स–साना कलकारखा चलाउन सहज हुन्छ।’ यसअघि स्थानीयवासीले पालुङखोलाबाट लघु जलविद्युते्को विद्युत् उपभोग गर्दै आएका थिए।

लघु जलविद्युत् उपभोग गर्दा बिहान–बेलुका बत्ती मात्रै बालिरहेकामा अब भने ११ केभिए प्रसारण लाइनबाट वडाका ११० घरधुरीले केन्द्रीय विद्युत्को उपयोग गरेका अध्यक्ष थापाले बताए।  केन्द्रीय विद्युत् पुगेपछि घरेलु उद्योग कलकारखनालगायत विद्युतीय उपकरण सञ्चालन गर्न सकिने हुँदा आफूहरु खुसी भएको स्थानीयवासी रेशम थापाले बताए। 

त्यस्तै वडा नं १ कै छाप, उर्लेनी, जमाने, ठाकुरचौर, गुवाडी र तल्लो गडेलका बस्तीमा तुरुन्तै विद्युत्को पहुँच पु¥याइने पनि अध्यक्ष थापाको भनाइ छ । बरेङका कतिपय गाउँहरुमा अहिले पनि केन्द्रीय प्रसारण लाइनको पहुँच पुगेको छैन । आगामी पाँच वर्षमा सबै गाउँमा केन्द्रीय लाइनको पहुँच विस्तार गरिने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए।  

‘उज्यालो नभएको होइन साना लघुजलविद्युत् आयोजनाहरुको विद्युत् पुगेका गाउँहरुमा पनि केन्द्रीय प्रसारण लाइन पु¥याउने योजनामा छौँ,’ उनले भने, ‘काठका पोल विस्थापन गरेर फलामे पोल राख्ने काम पनि द्रुत गतिमा भइरहेको छ।’

प्रकाशित मिति: १४:०० बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्