Kathmandu Press

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी दीक्षित हुँदै, प्रधानमन्त्री जाने

काठमाडौं, असार १ : कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुँदैछन्। आगामी शुक्रबार सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा करिब तीन सयभन्दा...
सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी दीक्षित हुँदै, प्रधानमन्त्री जाने

काठमाडौं, असार १ : कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुँदैछन्। आगामी शुक्रबार सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा करिब तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ।

दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका कुलपति शेरबहादुर देउवा, शिक्षामन्त्री लगायतको सहभागिता रहने छ। समारोहमा कुमाउ विश्वविद्यालयका कुलपति प्रो.एसके जोशी पनि सहभागी हुने बताइएको छ। 

त्यसैगरी सो समारोहमा ‘ग्रेस लिस्ट’मा रहेका एक हजार ५५८ विद्यार्थी दीक्षित हुनेछन् । विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले दोस्रो दीक्षान्त समारोह विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुने बताए। 

प्रकाशित मिति: १३:४१ बजे, बुधबार, असार १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्