लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली अस्पताल भर्ना
काठमाडौं, असार १ : लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्पताल भर्ना भएकी छन् । मन्त्री वली मंगलबार राती १ बजेतिर बेहोस् अवस्थामा...
काठमाडौं, असार १ : लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्पताल भर्ना भएकी छन् ।
मन्त्री वली मंगलबार राती १ बजेतिर बेहोस् अवस्थामा लुम्बिनी प्रादेशिक अस्पताल पुगेकी अस्पताल स्रोतले जनाएको छ । उनमा उच्च रक्तचाप र सुगरको मात्रा पनि बढी देखिएको अस्पतालले जनाएको छ।
वलीलाई क्याबिनमा भर्ना गरेर उपचार भइरहेको उनले बताए । रगत लगायत अन्य जाँचको रिपोर्ट आउन बाँकी रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको डा ढकालले बताए।
मंगलबार बिहान दाङको तुलसीपुरमा एक महिला र बालिकालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी वलीलाई प्रहरीले मंगलबार राति बुटवल पुर्याएको थियो।
प्रदेश सभा बैठक र बहालवाला राज्मन्त्री भएकाले बुटवल पठाइदिन प्रदेश सरकारले आग्रह गरेपछि मंगलबार राति बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले बताएका छन्।











