Kathmandu Press

राष्ट्रहितविपरीत सम्झौतामा हस्ताक्षर हुँदैन भनी प्रधानमन्त्रीले भन्नुभएकाे छ : नेपाल

काठमाडाैं, असार १ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको हितविपरीत कुनै पनि सम्झौतामा हस्ताक्षर नहुने प्रधानमन्त्रीले स्पष्ट पारेकाे बताएका छन्।बुधबार पार्टी...
राष्ट्रहितविपरीत सम्झौतामा हस्ताक्षर हुँदैन भनी प्रधानमन्त्रीले भन्नुभएकाे छ : नेपाल

काठमाडाैं, असार १ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको हितविपरीत कुनै पनि सम्झौतामा हस्ताक्षर नहुने प्रधानमन्त्रीले स्पष्ट पारेकाे बताएका छन्।

बुधबार पार्टी कार्यालय तीनकुनेमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले बुधबार बिहान माओवादी अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र आफुबीच भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको हित बिपरित कुनै पनि सम्झौता नगर्ने बताएको जानकारी दिए।

नेपालको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्वको कुनै पनि कुरामा हस्ताक्षर गर्ने काम आफुबाट नहुने र अरुदेशले चासो राखेर कसैले भनेपनि आफूले नमान्ने प्रधानमन्त्रीको स्पष्ट धारणा रहेको अध्यक्ष नेपालले बताए।

त्यस्तै स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा तत्काल हस्ताक्षर गर्ने कुनै तयार नरहेको र अमेरिकाले पनि दबाब नदिएको गृहमन्त्रीले पनि जानकारी दिएको उनको भनाइ छ।

अध्यक्ष नेपालले अहिले सबैको गतिविधिहरुलाई नियाल्नुपर्ने भन्दै बाहिर फैलाइएको भ्रम बारेमा बोल्न आवश्यक नरहेको धारणा राखे। उनले आवश्यक परे पार्टीकै तर्फबाट पनि बाहिर आएका विषयमा आवश्यक छलफल गर्न तयार रहेको जिकिर गरे। 

प्रकाशित मिति: १२:४४ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्