Kathmandu Press

‘नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम कुनैपनि हालतमा स्वीकार्य हुँदैन’

शक्तिशाली मुलुकहरुको ग्लोबल स्ट्राटेजी, एजेन्डा र पार्टनरसिपलाई नाईँ भन्न नसक्ने सरकारलाई सरकारमा बसिरहन अधिकार नहुने सांसद ज्ञवालीले बताए।   
‘नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम कुनैपनि हालतमा स्वीकार्य हुँदैन’

काठमाडौैं, असार १ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले मुलुकलाई भू–राजनीतिक द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाएको छ। 

बुधबार प्रतिनिधि सभामा बोल्दै एमालेका सांसद तथा पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाललाई अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी गराउने षड्यन्त्र भइरहेको बताउँदै त्यसलाई कुनैपनि हालतमा स्वीकार गर्न नसक्ने बताएका हुन्।

उनले उक्त सम्झौता नेपालको संविधानको बर्खिलापमा रहेको र मुलुकले अहिलेसम्म अवलम्बन गर्दै आएको सन्तुलित र स्वतन्त्र परराष्ट्रनीतिको बर्खिलापमा रहेको बताए। यसले पार्ने प्रभाव र असरका बारेमा रक्षा मन्त्रालयले गम्भीरताका साथ नहेरेको उनले आरोप लगाए। 

सांसद ज्ञवालीले पूर्ववर्ती सरकारको पालामा नै यो सम्झौता गर्ने प्रस्तावसहितको पत्र आएको भएपनि भूराजनीति, छिमेक सम्बन्ध र परराष्ट्र नीतिमा के असर पार्छ भन्ने गहिरो अध्ययन गरेर निष्कर्श ननिस्किएसम्म सन्देश नपठाउने गरी होल्ड गरेर राएिको स्मरण गरे। 

‘सरकार परिवर्तन हुनासाथ यसरी अगाडि बढाउने ? यो विषयमा फेरि सदनलाई जानकारी नदिने ? यति गम्भीरतापूर्वक सदनमा उठेको छ, यसको बारेमा सरकार नाजवाफ बन्ने ? सरकारले जवाफ नदिने ?’ ज्ञवालीले प्रश्न गरे। 

उनले नेपालको परराष्ट्र नीतिमा गम्भीर विचलनका स्थिति देखा पर्न थालेको बताएका छन्। उनले संसद, राजनीतिक दल र जनता टेकन फर ग्रान्टेड नभएको बताए। नेपालको भूराजनीतिको विषयसँग जोडिएका प्रस्तावमाथि सरकारले गम्भीरतापूर्वक छलफल नगरेको उनको भनाई छ। ‘यस्ता गम्भीर विषयमा दलहरुबीच छलफल हुनुपर्दैन? दलहरुको सरोकारलाई सम्बोधन गर्न पर्दैन ?नेपाललाई भूराजनीीतक द्वन्द्वमा धकेल्ने काम कुनैपनि हालतमा स्वीकार्य हुँदैन,’ उनले भने।

शक्तिशाली मुलुकहरुको ग्लोबल स्ट्राटेजी, एजेन्डा र पार्टनरसिपलाई नाईँ भन्न नसक्ने सरकारलाई सरकारमा बसिरहन अधिकार नहुने सांसद ज्ञवालीले बताए।   

प्रकाशित मिति: १२:२३ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्