Kathmandu Press

‘एसपीपीमा सहभागी भए नेपाल युक्रेनको अवस्थामा पुग्छ’

मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा आफ्नो धारणा राख्दै नेता खनालले एसपीपीलाई नेपाले अस्वीकार गर्नुपर्ने बताए।
‘एसपीपीमा सहभागी भए नेपाल युक्रेनको अवस्थामा पुग्छ’

काठमाडौं, असार १ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकाले प्रस्तावित गरेको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)मा सहभागी भए नेपाल युक्रेनको अवस्थामा पुग्ने चेतावनी दिएका छन्। 

मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा आफ्नो धारणा राख्दै नेता खनालले एसपीपीलाई नेपाले अस्वीकार गर्नुपर्ने बताए । उक्त प्रस्ताव स्वीकार गर्ने हो भने नेपाल असंलग्न मुलुक नरहनेसमेत उनले बताए। नेता खनालले स्थायी कमिटी सदस्यहरुलाई एसपीपीको प्रस्तावित सम्झौताको प्रतिलिपि समेत वितरण गरेका थिए। 

नेता खनालले सत्ता गठबन्धन दलको एक घटक भएका कारणले एकीकृत समाजवादीले यस प्रस्तावलाई स्वीकार गर्न नहुने बताए। उनले यसबाट नेपालको एक चीन नीति उल्लंघन हुने, नेपाल अमेरिकी सेनाको अखडा बन्ने र चिनविरोधी गतिविधि हुँदै क्रमशः नेपाल पनि युक्रेनको दिशामा जाने खतरा उत्पन्न्न भएकाले समयमै सोच्नुपर्ने बताए। 

उनले एमसिसी पास गर्ने बेलामा नेपालमा अमेरिकी सेना आउने त्रास र हल्ला भएको र घटनाक्रमले यसलाई पुष्टि गर्दै गएको बताए। 

 

प्रकाशित मिति: ११:३९ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्