Kathmandu Press

लुम्बिनीका स्वास्थ्य राज्यमन्त्री वलीलाई रातारात किन पुर्‍याइयो बुटवल?

काठमाडौं, असार १ : लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई रातारात बुटवल पठाइएको छ । दाङको तुलसीपुरमा एकजना महिला र बालिकामाथि हातपात गरेको...
लुम्बिनीका स्वास्थ्य राज्यमन्त्री वलीलाई रातारात किन पुर्‍याइयो बुटवल?

काठमाडौं, असार १ : लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई रातारात बुटवल पठाइएको छ । दाङको तुलसीपुरमा एकजना महिला र बालिकामाथि हातपात गरेको भन्दै मंगलबार प्रहरीले नियन्त्रणमा लिएको वलीलाई मंगलबार राती नै प्रहरीले बुटवल पठाएको हो। 

उनलाई प्रदेश सरकारको आग्रहमा मंगलबार राती ११ बजे दाङबाट बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिएका छन्। 

प्रहरी प्रमुख काफ्लेका अनुसार प्रदेश संसद चलिरहेको र वहालवाला मन्त्री भएका कारण प्रदेश सरकारकै आग्रहमा वलीलाई लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल पठाइएको हो। वलीलाई कानुनसम्मत प्रक्रिया पुर्याएर छोडेको प्रहरीले जनाएको छ। 

राज्यमन्त्री वलीले मंगलबार तुलसीपुरका वाईसीएल नेताका एकराज बस्नेतको घरमा गएर उनकी पत्नी र छोरीमाथि कुटपिट गरेको आरोप छ । पीडित महिला मिना भण्डारीले भने आफूमाथि राज्यमन्त्री वलीले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिइसकेकी छन् ।  उक्त जाहेरीमाथि  प्रहरीले अनुसन्धान गरिरहेकाे छ।

प्रकाशित मिति: ११:१३ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्