आज सातै प्रदेश सरकारले बजेट ल्याउँदै
काठमाडौं, असार १ : सातै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन लागेका छन्।प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक...
काठमाडौं, असार १ : सातै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन लागेका छन्।
प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। जसअनुसार, आज सातै प्रदेश सरकारले बजेट ल्याउन लागेका हुन्।
आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बजेटको सबै तयारी पूरा भएको प्रदेश सरकारले जनाएका छन्।
यसअघि प्रदेश सरकारको नीति तथा कार्यक्रम आएको थियो। प्रदेश प्रमुखले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम पारित भइसकेको छ।
प्रदेश सरकारले शिक्षा, स्वास्थ्य तथा कृषिलाई प्राथमिकता राखेर बजेट ल्याउन लागेका हुन्। यससँगै रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन लागिएको जनाइएको छ।
प्रकाशित मिति: ०८:२९ बजे, बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











