Kathmandu Press

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

बन्दीपुर, असार १ : तनहुँको बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँरामा चितुवाको आक्रमणबाट आज एक बालकको मृत्यु भएको छ।चितुवाको आक्रमणबाट स्थानीय पाँच वर्षीय सुपिम्र रिलामीको ज्यान...
तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु
फाइल फोटो

बन्दीपुर, असार १ : तनहुँको बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँरामा चितुवाको आक्रमणबाट आज एक बालकको मृत्यु भएको छ।

चितुवाको आक्रमणबाट स्थानीय पाँच वर्षीय सुपिम्र रिलामीको ज्यान गएको प्रहरीले जनाएको छ। मंगलबार साँझ आँगनमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको थियो।

उनको शव घरभन्दा २०० मिटर टाढाको छपेली सामुदायिक वनमा फेला परेको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए। “चितुवाको आक्रमणमा परेको थाहा पाउने वित्तिकै खोज्दै जाँदा वनमा मृत फेला पार्‍यौं,” उनले भने।

केही दिनयता बन्दीपुरमा चितुवाको आतङ्क बढेको छ। गत शनिबार र आइतबार चितुवाको आक्रमणबाट बन्दीपुर–१ र ४ मा दुई जना घाइते भएका थिए।

चितुवा नियन्त्रणका लागि खोर राखिएको छ। तैपनि नियन्त्रणमा लिन सकिएको छैन।

२०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो। त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा ११ बालबालिकाले ज्यान गुमाइसकेका छन्।

चितुवा आहारा खोज्दै मानव बस्तीमा पस्ने गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेको भनाइ छ।

प्रकाशित मिति: ०६:५९ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्