Kathmandu Press

बलर चम्किएपछि ओमनविरुद्ध नेपालको सहज जित

बलर चम्किएपछि नेपालले लिग २ मा ओमनलाई सात विकेटले पराजित गरेको छ।
बलर चम्किएपछि ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौं, असार १ : बलर चम्किएपछि नेपालले लिग-२ मा ओमनलाई सात विकेटले पराजित गरेको छ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत गएराति भएको खेलमा नेपालले ओमनविरुद्ध ३३.१ ओभरमै जित हासिल गरेको हो। ओमनले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले तीन विकेटको क्षतिमा सहज जित हासिल गरेको हो।

नेपालका लागि आसिफ शेखले ६२, कुशल भुर्तेलले ५६, रोहित पौडेलले २६, देव खनालले १० र दीपेन्द्रसिंह ऐरीले ६ रन बनाए। पहिलो विकेटका लागि शेख र भुर्तेलले ११४ रनको साझेदारी गरेका थिए।

ओमनका लागि फयाज बटले दुई र खवर अलीले एक विकेट लिए।

यसअघि टस जिते ब्याटिङ रोजेको ओमनले ४६.५ ओभरमा सबै विकेट गुमाएर १६३ रन बनाएको थियो। ओमनका लागि जिशन मक्सुदले ५२, सन्दीप गौडले ४७, जतिन्द्र सिंहले २३, फयाज बटले १३ र नसीम खुशीले १० रन बनाए।

नेपालीले बलरले उत्कृष्ट बलिङ गरे। करण केसीले पाँच विकेट लिए। उनले नौ ओभरमा ३३ रन मात्रै खर्चेर पाँच विकेट लिए।

त्यस्तै, सन्दीप लामिछानेले तीन, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए।

यो जितसँगै नेपालले दुई अंक जोडेको छ। नेपालको १५ अंक भएको छ भने नामिबियालाई पछि पार्दै पाँचौ नम्बरमा उक्लिएको छ। ओमन भने ४४ अंकसहित शीर्षस्थानमा छ।

नेपालले आज अर्को खेल अमेरिकासँग खेल्नेछ। यसअघि अमेरिकासँग भएको खेल बराबरीमा टुंगिएको थियो।

May be an image of text that says 'ICCMENSCRICKETWORLDCUP MEN'S CRICKET WORLD CUP ICC LEAGUE 2 CAN POINTS TABLE TEAMS M w 8규 L T าย NR OMAN PTS NRR 36 21 13 TIRLAN 1 1 SCOTLAND 44 20 13 0.039 5 UAE o UAE 2 28 22 12 USA 4一 0.436 8 1 USA 1 26 23 10 0.214 12 1 謝 o NEPAL 21 15 7 -0.089 7 1 o NAMIBIA 15 14 7 0.186 7 ラ・ o PNG o 14 20 1 0.096 19 o o 2 AS ASONJUNE15,2022 ON JUNE 15, 2022 @@CholotAsociatlanaoiNiecal -0.856 MMnebesksocatlon CAN CreketNep'

प्रकाशित मिति: ०६:२६ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्