घनश्याम भूसालमाथि कारवाहीको सिफारिस अनुमोदन
मंगलबार केन्द्रीय मुख्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भूसालको अभिव्यक्ति कारवाही योग्य भएको भन्दै कारवाहीको लागि अनुमोदन गरेको हो।
काठमाडौं, जेठ ३१ : नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाही गर्न अनुशासन आयोगले पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको छ। मंगलबार केन्द्रीय मुख्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भूसालको अभिव्यक्ति कारवाही योग्य भएको भन्दै कारवाहीको लागि अनुमोदन गरेको हो।
जेठ १८ मा अनुशासन आयोगका अध्यक्ष केशव बडालले सचिवालय बैठक राखेर भूसाललाई पार्टी विधान बमोजिम कारवाही गर्न सिफारिस गरेका थिए।
सोमबार बसेको सचिवालय बैठकले भूसालको कारबाहीबारे केही निर्णय नगरेपनि मंगलबार बसेको आयोगको पूर्ण बैठकले भूसाललाई कारवाही गर्न गरिएको सिफारिस अनुमोदन गरेको हो। आयोगको बैठकले स्थानीय चुनावमा अन्तघात गर्नेलाई विधान अनुसार कारवाही गर्न सिफारिस गरेको छ।
भूसालले हिमालय टेलिभिजनसँगको एक अन्तर्वार्तामा स्थानीय तह निर्वाचनमा पार्टी हारको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने अभिव्यक्ति दिएका थिए।











