Kathmandu Press

अमेरिकी दूतावासले भन्यो-‘नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी असत्य’ 

काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार बेलुका सामाजिक सञ्जाल फेसबुकमार्फत  नेपाल र अमेरिकाबिच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य भएको प्रष्टाएको हो ।
अमेरिकी दूतावासले भन्यो-‘नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी असत्य’ 

काठमाडौं, जेठ ३१ : नेपालस्थित अमेरिकी दूतावासले नेपाल र अमेरिकाबीच सैन्य सम्झौता नभएको प्रष्टाएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार बेलुका सामाजिक सञ्जाल फेसबुकमार्फत  नेपाल र अमेरिकाबिच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य भएको प्रष्टाएको हो ।

कुनै देशलाई एसपीपीमा सामेल हुन नभन्ने तर कुनै देशबाट त्यसका लागि माग आएमा सम्बोधन गर्ने पनि दूतावासले जनाएको छ । दूतावासकाअनुसार स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अमेरिकी राज्यको नेसनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको एक आदानप्रदान कार्यक्रम हो ।

अमेरिकी नेसनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद्विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्ने दूतावासले जनाएको छ ।

दूतावासकाअनुसार २५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश छन् । 

प्रकाशित मिति: २०:४५ बजे, मंगलबार, जेठ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्