राप्रपाले ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं, जेठ ३१ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र बुझाउने भएको छ ।
राप्रपाले जनताका विभिन्न सरोकारका बिषयसहित भोली (बुधबार) ७६ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारी मार्फत र काठमाडौंमा भने प्रधानमन्त्री देउवालाई भेटेरै ज्ञापनपत्र बुझाउन लागेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
राप्रपाले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, मूल्यवृद्धि, भ्रष्टाचार एवं जनजीविकाको विविध विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।
ज्ञापनपत्र पेश गर्नुअघि हरेक जिल्लामा प्रदर्शन र संक्षिप्त सभाको पनि आयोजना गर्ने राप्रपाले जनाएको छ ।

प्रकाशित मिति: १९:५७ बजे, मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











